पोखरा: वसन्त ऋतुको यो याममा सगरमाथा आरोहण गर्नेको लर्को छ । हिमाल भनेकै सर्वोच्च शिखर सगरमाथा भन्ने बुझाइ संसारकै मनस्थितिमा छ र आरोहण पारखीको रोजाइमा पनि सगरमाथा नै पर्छ । आरोहणको गर्विलो इतिहास बोकेर अन्नपूर्ण प्रथम हिमाल भने ७३ वर्षदेखि ठिंग उभिएको छ । सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण प्रथम आरोहण गरेर विश्व किर्तिमानी कायम गरेका थिए । उनको साथमा थिए, लुई लिचेनेल । नेपालमा हिमाल आरोहणको ७३ वर्ष पुगेको छ । हर्जोगले अन्नपूर्णमा पाइला टेकेकै दिनलाई पछिल्ला वर्षहरुमा अन्नपूर्ण दिवशका रुपमा मनाइँदै आएको छ । यही अवसरमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले गरेको कार्यक्रममा आरोही मौरिसलाई सम्झिँदै अन्नपूर्णको चिन्ता गरिएको छ । जलावायु परिवर्तनको मारमा यतिबेला सबैभन्दा हिमाल परेको चिन्ता सरोकारवाला गर्छन् । चाँदी झंै टलक्क टल्कने हिमालका चुचुरामा सिजनमै पर्याप्त हिउँ नपर्दा कालापत्थरमा परिणत भइरहेका छन् । फोहोरको डुंगुर हिमालको चचुरोसम्म पुग्दैछ । कार्यक्रममा सहभागीले हिमाल जोगाउन नसके पर्यटन क्षेत्र संकटमा फस्नेमा एकमत राखे । पर्यटन व्यवसायी लक्की कार्कीले अन्नपूर्ण हिमाल गण्डकी प्रदेशको समृृद्धिको कोशेढुंगा भएको बताइन् । पछिल्लो समय हिमाल जोगाउन चुनौती सिर्जना भएको सुनाइन् । जलवायु परिवर्तनको असर हिमालमा पर्दा पर्यटन व्यवसाय धरासायी बन्ने निश्चित रहेको उनको भनाइ छ । ‘मे कै महिनामा पनि हिजोआज झन्डै ३४ डिग्री तापक्रम भइसकेको छ । जुन, जुलाइ अगस्ट त जानु नै छ’, उनले भनिन्, ‘यसरी जलवायु परिवर्तन हुँदाखेरि हाम्रो हिमालहरु पग्लेर आउने, ब्लास्ट हुने हुँदा विनाश धेरै हुन्छ । हाम्रो व्यवसाय नै धरापमा पर्छ ।’ नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले जलवायु परिवर्तन हिमाल कालापत्थरमा बन्नेमा सहमत छन् । कसरी असर कम सकिन्छ विषयमा गम्भिर बन्नुपर्नेमा उनको जोड छ । उनले भने, ‘हिजोका दिनमा हिमाल चढेमात्रै पुग्थ्यो । अहिले आरोहणसँगै हिमालमा फोहोर कसरी व्यवस्थापन गर्ने, आधार शिविर कसरी बचाउने र जलवायु परिवर्तन कसरी कम गर्ने भन्ने विषय पनि सँगसँगै आउँछ ।’ हिमाल जोगाउन व्यक्ति व्यक्तिले भुमिका खेल्नुुपर्ने उनको तर्क छ । पर्वतीय पर्यटनलाई सरकारले नचिनेको शेर्पाको गुनासो गरे । ‘यदि सरकारले चिनेको खण्डमा हामी कसैसँग पनि भर पर्न पदैैन । हाम्रो प्रतिस्पर्धी पनि नभएको । हामीले गर्न सक्ने, हाम्रो पहिचान बन्ने र नेपालीलाई नै चिनाउन सक्ने पेशाको रुपमा स्थापित गर्न सक्छौं’, उनले सुनाए । पर्वतीय पर्यटनका क्षेत्रमा ४ पुस्ताको योगदान रहेकै कारण अहिलेको स्थितीमा आएको बताए । अन्नपूर्ण आरोहणले गण्डकीको पर्यटनलाई विश्वमाझ चिनाएको तर प्राथमिकतामा नपरेकोमा गुनासो छ । पर्वतीय पर्यटनको विकास नभए समग्र पर्यटन क्षेत्र पछाडि पर्ने पर्यटनकर्मीले बताए । नेपाल पर्वतारोहण संघ गण्डकीका अध्यक्ष शेषकान्त शर्माले अन्नपूर्ण गण्डकी प्रदेशको सम्बृद्धिको आधार बन्नुपर्ने बताए । ‘जे जति पर्यटक भित्रिएका छन् अन्नपूर्ण आरोहणका कारण हो नै’, उनले भने, ‘सँगै पर्वतारोहण भएको खुम्बु क्षेत्र अगाडि बढ्यो । तर, अन्नपूर्ण बढ्न सकेन । कहीं न कहीं अन्नपूर्ण क्षेत्रलाई जनजीविकासँग जोड्न सकेनौं कि ? फेदमा बस्ने मानिसहरुलाई आयआर्जनसँग जोड्न सकेनौं कि ?’ अन्नपूर्ण जेठो हिमाल भएपनि किलर माउन्टेनको परिचय बनाएकै कारण आरोही कम भएको उनको अनुमान छ । नेपाल पर्वतारोहण संघको तथ्याङक् अनुसार विश्वको १० औं सर्वोच्च शिखर अन्नपूर्णमा सन् २०२१ सम्म ३०९ आरोहीले आरोहण गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले गण्डकी प्रदेशको समृद्धिको आधार हिमश्रृंखला भएको बताए । ‘हामीसँग धेरै चुुचुराहरु छन् । ति चुचुरालाई संरक्षण गरेर बढीभन्दा बढी प्रबद्र्धन गरेर पर्यटक भित्र्याउन सकिन्छ’, उनले भने । पोखरा महानगरपालिका–१७ की वडाध्यक्ष राधिका शाही योगीले पर्यटनलाई आयआर्जनसँग जोड्नुपर्ने बताइन् । पोखराको पर्यटन हिमालमा निर्भर रहेकाले हिमाल बचाउन महानगर चिन्तित रहेको उनको भनाइ छ । अन्नपूर्ण हिमाल गण्डकीको कला, संस्कृति र पर्यटन जोडिएको बताइन् । ‘अन्नपूर्ण हाम्रो गौरव हो, सम्पत्ति हो । यसलाई अझै प्रवद्र्धन गर्न अब सरकारले के गर्ने भन्ने विषयमा गण्डकी प्रदेश सरकारको चासो रहन्छ’, उनले भनिन् । सन् २०२१ अप्रिलमा ६ जना नेपाली महिला आरोहीले अन्नपूर्ण हिमाल आरोहण गर्दै नयाँ किर्तिमानी बनाएका थिए । २०७८ बैशाखमा गोरखाकी पूर्णिमा श्रेष्ठले पनि अन्नपूर्ण चढिन् । गएको बैशाख २ गते कतारी राजकुमारी शेखा अस्मा अलथानीले अन्नपूर्ण प्रथमको आरोहण गरेकी थिइन् । सन् १९७८ मा १ अमेरिकी र १ चेकोस्लोभाकियाकी महिलाले अन्नपूर्णको सफल आरोहण गरेका थिए । देवी र जेठो हिमालको उपमा पाएको अन्नपूर्ण प्रथमको चुचुरोमा पाइला राख्न लालयित आरोही वर्षेनी बढ्दैछन् । तर, राज्यले पनि यो हिमालको महत्वलाई विश्व बजारमा पु¥याउन सकिरहेको छैन ।
पोखरा: कास्की जिल्ला बक्सिङ सघंको पाचौ अधिबेशनले सुमन श्रेष्ठको अध्यक्षतामा नया कार्य समिती सर्वसम्मत चयन गरेको छ । पोखराको लेकसाईड स्थित त्रिपुरा लाउन्ज वारमा सम्पन्न अधिवेशनले पुन श्रेष्ठलाईनै सर्वसम्मत् चयन गरेको हो र अधिवेशनले समितीको प्रथम उपाध्यक्ष राज बहादुर कोइराला, द्धितिय उपाध्यक्षमा सन्तोष कार्की , सचिवमा शिशिर थापा मगर, सहसचिवमा भक्त तामाङ र कोषध्यक्षमा सजोंग पराजुली चयन गरेको छ । यस्तै सदस्यहरुमा सुर्य थापा, अर्जुन गुरुङ, दिनेश बानिया, प्रदिप गुरुङ, बिश्व गुरुङ र महिला सदस्यमा प्रियङका गुरुङ्गलाई सर्वसम्मत् चयन भएका छन् । अधिवेशनको प्रमुख अतिथि नेपाल राष्ट्रिय खेलकुद परिषद वोर्ड सदस्य एवं पुर्व बक्सिङ खेलाडी राजेश गुरुङले खेलकुद क्षेत्रमा सरकार उपयुक्त बजेट नै नछुट्टाएको भन्दै सरकारसमक्ष गुनासो गरेका थिए । सरकारको वेवास्ताका वावजुद पनि उनले गण्डकी प्रदेश स्तरीय बक्सिङ टुर्नामेन्ट गर्ने घोषणा समेत गरेका छन् । अधिवेशनमा नेपाल बक्सिङ संघका केन्द्रिय सदस्य मान बाहादुर भण्डारीले सर्वसम्मत् नयाँ नेतृत्वले बक्सिङ खेलको लागि राम्रो गर्नेमा बिस्वस्त रहेको बताए । कार्यक्रममा खेलकुद पत्रकार मञ्चबाट लाइफटाइम एचिभमेन्ट २०७९ प्राप्त गरेको पुर्व अन्तराष्ट्रीय खेलाडी गणेश भटराई र २०८० बाट सम्मानित पश्मिाञ्चल खेलकुद बिकास समितिका प्रशिक्षक निर्देशक बिध्या मर्सानीलाइ सम्मान गरीएको थियो । यस्तै कार्यक्रममा सन् १९६४ का ओलम्पीयन राम प्रसाद गुरुङ, १९८४ का ओलम्पीयनहरु उमेश मास्के, प्रबिन तुलाधर, मान बहादुर श्रेष्ठ, बिष्णु सिहं, राम बहादुर गिरी र डम्बर दत्त भट्ट लयागत बक्सिङ खेलाडीहरुको उपस्थिीत रहेको थियो ।
पोखरा: गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चौथो अधिवेशनको छैटौ बैठकमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रस्तुत सो नीति तथा कार्यक्रममा गण्डकीको विभिन्न जिल्लाको पाँच स्थानमा सुरुङमार्गको सम्भाव्यत अध्ययनदेखि प्रदेश सरकार मातहतका अस्पतालमा ओपिडी तथा प्रयोगशालामा निशुल्क परिक्षण सेवा लागु गर्ने योजना अघि सारेको छ । गत महिना पोखरामा भएको नीति तथा कार्यक्रमसम्बन्धि गोष्ठीमा विज्ञ समुहको टोलीले स्थानीय स्रोत तथा साधनमा आधारित नीति तथा कार्यक्रम ल्याउन सुझाएको थियो । गण्डकी प्रदेश सरकारकाे नीति तथा कार्यक्रम: सम्बन्धित समाचार: https://sungabhanews.com/story/8937/2023/5/24/scoop/samaj/
म्याग्दी: गण्डकी प्रदेशस्तरिय परम्परागत ठेलो प्रतियोगितामा पर्वत जिल्लाले कब्जा जमाएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार म्याग्दीको बेनीमा सम्पन्न प्रतियोगितामा पर्वतले क्लिन स्विप गर्दै कब्जा जमाएको हो । पर्वतले पहिलो, दोश्रो र तेश्रो तिनै स्थानमा कव्जा जमाएको छ । पर्वतका किरण विकले १४।०१ मिटरको दुरी ठेलो फाल्दै पहिलो स्थान प्राप्त गर्न सफल भए । उनले नगद रु २५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारे । त्यस्तै पर्वतका राजेन्द्र हमालले १३,९७ मिटरको दुरी फाल्दै दोश्रो भए भने निशान बोहराले १२,८२ मिटर ठेलो फाल्दै तेश्रो स्थानमा चित्त बुझाए । दोश्रो भएका हमालले नगद रु १५ हजार र तेश्रो भएका बोहराले नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक योगेन्द्र शेरचनले जानकारी दिएका छन्। प्रतियोगितामा म्याग्दी, बागलुङ र पर्वतका गरी १२ खेलाडीहरुको सहभागिता रहेको थियो । लमजुङ र कास्कीले प्रतियोगितामा सहभागिता जनाउने बताए पनि अन्तिम समयमा अनुपस्थित रहेका थिए । प्रतियोगितामा बिजेता खेलाडीहरुलाई बेनी नगरपालिकाका प्रमुख सुरज केसी, प्रदेश खेलकुद परिषदकी सदस्य चन्द्रा घले गुरुङ, जिल्ला खेलकुद म्याग्दीका अध्यक्ष दिनेश केसी लगायतले नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । ठेलो प्रतियोगिता गण्डकी प्रदेशमा परम्पराको रुपमा खेलिदै आएकोमा सो को सरक्षण, प्रवर्द्धन र प्रचार प्रसारका लागि आयोजना गरिएको परिषदका सदस्य समेत रहेका शेरचनले बताएका छन्।
काठमाडौं: प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलसहितका प्रतिपक्षी दलले अवरोध गरेपछि आजको बैठक स्थगित गरी भोलि सोमबारका लागि सारिएको छ । सभामुख देवराज घिमिरेले सोमबार ११ बजेका लागि बैठक राख्नुभएको उहाँको सचिवालयले जनाएका छन्। प्रतिपक्षी दल नेकपा एमाले, रास्वपा र राप्रपाका सांसदहरुको अवरोधपछि एक घण्टाका लागि स्थगित भएको बैठक सञ्चालनबारेमा सहमति बन्न नसकेपछि सभामुख घिमिरेले बैठक भोलिका लागि सार्नुभएको उहाँको प्रेस विज्ञ शेखर अधिकारीले बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका क्रममा नेपालको भूमि साटफेर गरी बंगलादेश मोडलमा सहमति गर्न सकिने विकल्पमा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गर्नुभएपछि प्रतिपक्षी दलले संसद बैठकमा विरोध गर्नुभएको छ । सोही अनुसार हालै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएपछि प्रतिपक्षी दलले विरोध गरेका छन् । प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेका अनुसार प्रतिनिधिसभाको बैठक सोमबार विहान ११ बजे बस्नेछ ।
पोखरा: गण्डकी प्रदेश सरकारले सहकारीमा देखिएको समस्या समाधान गर्न सहकारी रजिष्ट्रार कार्यालयको क्षमतामा वृद्धि गर्ने भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सहकारीमा देखा परेका समस्या र चुनौतीलाई समाधान गर्न आवश्यक कानूनी प्रबन्ध गर्दै रजिष्टार कायालयको क्षमता वृद्धि गर्ने बताएका हुन् । पछिल्लो समय सहकारीमा बचतकर्ताहरुले बचत गरेका रकमहरु सञ्चालक समितिले हिनामिना गरेको घटना व्यापक भएपछि यस्तो नीति अगाडी सारिएको हो ।
काठमाडौं: राष्ट्रिय मानव अधिकार आयोगले छुवाछूतको व्यवहार गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याऊन सरकारलाई आग्रह गरेको छ । नेपाललाई जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १७ वर्ष पूरा भएको अवसरमा एउटा विज्ञप्ति निकाल्दै आयोगले दलितहरुको न्याय र समानताको अधिकार सुनिश्चित गर्न पनि भनेको छ । आयोगले विज्ञप्तिमा भनेको छ, जातीय विभेद र छुवाछूतका सबै घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीहरुलाई कानूनी दायरामा ल्याउन र कानूनको प्रभावकारी कार्यान्वयन गर्न र गराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’ दैनिक रुपमा समाजमा घटिरहेका जातीय विभेद तथा छुवाछूतका घटनालाई निर्मूल गर्नका लागि कानुनको कार्यान्वयनमा सहयोग पु¥याउन आयोग सबै राजनीतिक दल तथा तिनका भातृ संगठनहरु, जनप्रतिनिधिहरु, नागरिक समाज, सबै धार्मिक संघसंस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था, सञ्चारकर्मी, मानव अधिकारकर्मी तथा आम नागरिकलाई समेत अनुरोध गरेको आयोगले जनाएको छ । संवैधानिक तथा कानूनी व्यवस्थाका बाबजुद कानूनको प्रभावकारी कार्यन्वयन हुन नसक्दा नेपालमा अझै पनि जातीय विभेद र छुवाछूतका घटनाहरुमा कमी आउन सकेको देखिँदैन,’ आयोगले भनेको छ, ‘जातीय विभेद र छुवाछूत सम्बन्धमा आयोगमा हाल ३७ वटा उजुरी विचाराधीन अवस्थामा रहेका छन् ।’
पोखरा: नयाँ गल्ली क्लबको आयोजनामा सम्पन्न तेस्रो देशना चन्द स्मृति नयाँ गल्ली कप सेभेन ए साइड फुटबल प्रतियोगितामा केआइइसी बुन एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका–१ स्थित पुरानोटुडिखेल मैदानमा शनिबार भएको फाइनलमा गन्नी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै केआइइसी बुन एफसी च्याम्पियन बनेको हो । बुन एफसीलाई च्याम्पियन बनाउन आशिष गुरुङले निर्णायक गोल गरे । उनको गोलसँगै उपाधि जितेको बुन एफसीले नगद १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको गन्नी एफसीले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्याे । कुल ४७ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट बुन एफसीका आशिष गुरुङ सर्वोत्कृष्ट खेलाडीका रुपमा ट्रफीसहित नगद रु १० हजारबाट पुरस्कृत भए । यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै जनम गुरुङ, उत्कृष्ट डिफेन्डरका रुपमा सोही क्लबकै सरोज तितुङ घोषित भए । यस्तै उत्कृष्ट मिडफिल्डरका रुपमा मनोज गुरुङ र उत्कृष्ट फरवार्डका रुपमा गन्नी एफसीका सन्दिप रानामगर घोषित भए । उनीहरुलाई ट्रफीसहित जनही नगद रु ५ हजार प्रदान गरिएको अर्थ संयोजक हिटलर घलेले जानकारी दिए । उनका अनुसार अनुशासित टिमको उपाधि भने करापुटार एफसीले जितेको थियो । प्रतियोगिताबाट विजेता तथा उपविजेता टोली सदस्यहरुलाई स्वर्गीय देश्ना चन्दका परिवार, प्रदेश खेलकुद परिषदका सदस्य शुभकन्या गुरुङ, इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।
काठमाण्डौ: राष्ट्रिय सभाको बैठक भोलि सोमवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा राष्ट्रघाती काम भएको भन्दै नेकपा एमालेले आज आइतवारको बैठक अवरोध गरेपछि २९ मिनेटका लागि रोकिएको थियो तर अवरोध कायमै रहेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गर्नुभएको छ । आजको बैठक सुरु भए लगत्तै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको उल्लङ्घन गरेको बताउनुभयो । उहाँले भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतको भू–भाग बङ्गलादेशसँगको बाटो पाउने सर्तमा भारतलाई छोड्न तयार रहेको कुरा गरेर राष्ट्रघाती काम गरेको आरोप लगाउनुभयो । यो विषयमा जवाफ दिन राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले सरकारलाई रुलिङु समेत गर्नुभएको छ ।

