पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

बागलुङ : बागलुङमा एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन्।   बागलुङ नगरपालिका-८, सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी गंगाबहादुर थापाले बताए।    जिसीले घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ।   पेट्रोल छर्केर घाइते अवस्थामा रहेका जिसीको अहिले धौलागिरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी थापाले बताए।    आत्मदाहको कारणबारे केही खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कावासोती:  राष्ट्रिय गौरव आयोजनाको रुपमा रहेको नारायणगढ बुटवल सडक योजनाको काम चाँडो सम्पन्न गर्न सडक निर्माण र सरोकारवालाले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको ध्यानाकर्षण गराएका छन् ।   पूर्ब–पश्चिम राजमार्गको सडक ठेक्का लिएर लामो समयसम्म काम नसकेको आरोप खेप्दैआएको चाइना स्टेट कम्पनीले विविध कारण देखाउँदै हालसम्म २३ प्रतिशत सडक विस्तारको कार्य सम्पन्न गरेको जनाएको छ ।     नारायणगढ–बुटवल सडक निर्माणको ठेक्का लिएको चाइना स्टेट कम्पनीको प्रतिनिधिलाई प्रमुख जिल्ल्ला अधिकारी लम्सालले निर्माणको काममा ढिलाई हुँदा यात्रु र स्थानीयले सास्ती पाएको हुँदा तत्काल काम अगाडि बढाउन निर्देशन दिनुभएको छ । तीन वर्ष हुँदासम्म अपेक्षित काम हुन नसकेकाले यसप्रति तदारुकताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो ।   नारायणगढ–बुटवल सडक योजना नवलपरासी पूर्वका प्रमुख रमेश दृष्टिले काम शुरु गरेको पहिलो र दोस्रो वर्ष कोरोनाका कारणले समस्या भएको र पछिल्लो समय माटोको उपलब्धता कम भएको कारणले सडक विस्तारमा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो “आफुहरुले कम्पनीको आन्तरिक ब्यवस्थापनमा व्यापक सुधारगरी आबश्यक उपकरण र जनशक्ति थप गरेर कामका लागि अघि बढेका छौं ।” चाइनाबाट आएका नयाँ विभागीय टिमका साथ कम्पनी निर्माणमा जुटेको बताउनुभयो ।   सडक निर्माणको कामले २३ प्रतिशत पार गरेको, अधिकांश साना कल्भर्ट बनिसकेको, पूर्वको १० देखि १७ किमीसम्म माटो फिलिङ् र साइडको काम भएको दाबी गर्नुभयो । उहाँले १७ किलोदेखि पश्चिम दाउन्नेसम्म सडकमा फिलिङ् गर्न माटोको समस्या रहेकाले स्थानीय निकायहरूसँग माटो प्राप्तिका लागि पहल भइरहेकाले माटो पाएको ठाउँमा काम छिटो अघि बढ्ने आश्वासन दिनुभयो ।    अहिलेसम्म रुख कटानको काम ९९ प्रतिशत मात्रै सकिएको छ, विद्युत् पोल सार्ने काम ३० प्रतिशत मात्रै पूरा भएको छ, सडक विस्तारमा समस्या भएको उहाँले बताउनुभयो ।  नारायणगढ–बुटवल सडक योजनाको पूर्वी खण्डका आठ स्थानमा वन्यजन्तुमैत्री पुल निर्माण भइरहेको छ ।     प्रमुख जिल्ला अधिकारी लम्साल कम्पनीलाई काममा ढिलाइ नगर्न र बाटोलाई धुलोरहित बनाई आवागमन सहज पार्न र यात्रुलाई परिवर्तनको अनुभूति गर्नसक्ने बनाउन चाइनिज ठेकेदारलाई आग्रह गर्नुभयो । प्रजिअ लम्साल केही दिन अगाडि नवलपुर सरुवा भई आउनुभएको हो । ठेकेदार कम्पनीले भने स्थानीय तहहरुसँग समन्वय भइरहेको र साइडमा माटो पुर्नका लागि माटो प्राप्तिका लागि पहल भएकाले काममा प्रगति हुने प्रतिबद्धता जनाएको छ ।     सहायक प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछाने, जिल्ला प्रहरी प्रमुख भुवनेश्वर तिवारी, राष्ट्रिय अनुसन्धानका प्रकाश शाह, सडक विभाग आयोजना निर्देशनालयका उपआयोजना निर्देशक शोभा गिरी, इन्जिनियर उमेशराज सुवेदी, इन्जिनियर राकेशकुमार झा, पत्रकार महासङ्घ नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीलगायत सरोकारवालाको सहभागिता थियो ।

बलेवा:  मध्य पहाडी लोक मार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । बागलुङ– पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो ।  मध्य पहाडी राजमार्ग आयोजनाले बागलुङ–पोखरा खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको जनाएको छ ।   आयोजनाका अनुसार प्रत्येक दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म र राति ९ देखि बिहान १ बजेसम्म सवारी साधनलाई रोकेर आयोजनाको कामलाई तीव्रता दिइनेछ । रोकिएका सवारी साधनलाई आधा घण्टाको फरकमा सञ्चालनको व्यवस्था मिलाइएको आयोजना कार्यालयले जनाएको छ । पोखरा—बागलुङ राजमार्गअन्तर्गत हाल पोखराको हरिचोकदेखि याम्दी पुलसम्मको सडक स्तरोन्नतिको काम भइरहेको हो । सो खण्डको निर्माणका लागि मोतिदान कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो ।   चौवारीबाट ५० मिटरअगाडि हेमजातर्फ भिरको उचाइ धेरै भएकाले भिर कटान कार्य भइरहेकाले सडक सुरक्षालाई ध्यानमा राखेर यातायात सञ्चालनमा रोक लगाइएको मध्य पहाडी लोकमार्ग आयोजना कार्यालय कुश्माका प्रमुख नारायणदत्त भण्डारीले बताए । उनका अनुसार उक्त सडकमा चल्ने सवारी साधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न भनिएको छ ।    बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङलाई प्रदेशको राजधानी पोखरा र देशको राजधानी काठमाडौँलगायत देशका ठुला सहरसँग जोड्ने मुख्य राजमार्ग भएकाले यहाँका सर्वसाधारण प्रभावित हुनेछन् । यो सडक खण्डमा दैनिक हजारौँ सवारी साधन ओहोरदोहोर गर्ने गरेका छन् । 

ढोरपाटन: अग्लो पहाड । पहाडको बीचमा दह, मन्दिर र घरहरु । शान्त वातावरण र स्वच्छ हावापानी । यो गाजाको दहको पहिचान हो ।    हिउँदमा हिउँ खेल्नेहरुको र बर्खामा गर्मी छल्न आउनेहरुको यहाँ भीड नै लाग्ने गर्छन् । बाह्रै महिना आन्तरिक पर्यटकले भरिने गाजाको दह प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । जिल्लाको जैमिनी नगरपालिका–३ दमेकमा पर्ने गाजाको दह निकै चर्चित भए पनि अझै आझेलमा छ ।   प्रकृतिले सजिएको गाजा जैमिनी, बागलुङ र गलकोट नगरपालिका तथा बरेङ गाउँपालिकाको सङ्गमस्थल हो । दुई हजार चार सय ८० मिटर उचाइमा रहेको गाजाको दहमा पुग्ने जो कोही पनि मोहित हुने गर्छन् । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि २४ किलोमिटर टाढा रहेको गाजाको दहमा चार घण्टाको पैदल र डेढ घण्टाको गाडीको यात्रामा पुग्न सकिन्छ । प्रत्येक याममा यहाँको सुन्दरता फरक–फरक देख्न सकिन्छ । गाडीमा भन्दा बढी पैदल यात्रा गर्दा घुमफिर रोमाञ्चक बन्छ ।   वन, पाखा, खोला, झरना, गाउँले जीवनशैली र दर्जनौँ हिमशृङ्खलाले मनै लोभ्याउँछ । बागलुङ नगरपालिका–८ सिगाना, बौँडेचौर, रेशको चापखर्क हुँदै यहाँ पुग्दा घनाजङ्गल पर्दछ । अझ यहाँ रहेको दहले धेरैलाई आकर्षित गर्छ । दह वरपरका परम्परागत घर अहिले पनि देख्न सकिन्छ । गाजा दह क्षेत्रको प्रचारप्रसार र पूर्वाधार निर्माणमा चासो नदिँदा ओझेलमा पर्न थालेको स्थानीय गोपाल छन्त्यालले बताए ।   दहसँगै यहाँ बराह थान पनि रहेको छ । यहाँ पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने थापाले बताए । खास गरी यहाँ हरेक वर्ष वैकुण्ठ चतुर्दशीमा मेला लाग्ने र मेलामा देशभरबाट पर्यटक आउने गरेको उनको भनाइ छ । थापाले यहाँ पर्यटक आकर्षित गर्ने संरचना बन्न नसकेकाले पर्यटक बढाउन नसकेको बताए ।    “अहिले जति पनि पर्यटक आउँछन्, उनीहरु पुरानै प्रचारका कारणले आएका हुन्, पछिल्लो समय गाजाको दहको प्रचारप्रसारमा कमी छ, यति महत्वपूर्ण र रमणीय ठाउँ छन्, पर्यटक बढाउन सकिएको छैन”, छन्त्यालले भने, “प्रचार कम छ, यहाँ नयाँ संरचना पनि खासै बनेका छैनन्, प्रचारप्रसारलाई व्यापक बनाउने र यहाँ पूर्वाधार निर्माण गर्न सक्ने हो भने वर्षमा लाखौँ पर्यटक भित्र्याउन सकिन्छ ।”   पहिलेको तुलनामा केही परिवर्तन आएपछि गाजा दहमा पर्यटकीय आकर्षण बढेको उनको भनाइ छ । विद्यार्थी, कर्मचारी तथा जनप्रतिनिधि पनि समय–समयमा अवलोकन भ्रमणका लागि आउने गरेको उनले बताए । पछिल्लो समय खाना र बस्नको राम्रो व्यवस्था भएपछि रातमा पनि घुम्न आउनेको सङ्ख्या बढेको छन्त्यालले बताए ।   सडकको पहुँच पुगे पनि निकै जोखिमपूर्ण छ । जोखिमपूर्ण यात्रा गर्न धेरैले रुचाउँदैनन् । गुल्मीको शान्तिपुरबाट घुम्न आएका प्रवेश क्षेत्रीले सडकको स्तरोन्नति गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने बताए । ठाउँ निकै रमणीय भए पनि यसको प्रचारप्रसार र भौतिक संरचना बनाउन सके बाह्य पयर्कटलाई समेत आकर्षित गर्न सकिने उनले बताए ।   क्षेत्रीले भने, “फोटो र भिडियोमा निकै सुन्दर देखिन्छ गाजाको दह, म पनि भिडियोमा देखेर घुम्न आएको हुँ, ठाउँ त धेरै रमाइलो रहेछ, तर बाटो निकै अप्ठ्यारो रैछ, बाटोमा जोखिम मोल्दै आए पनि यहाँ आएर देखिने दृश्यले त्यो दुःख र समस्या भुलाइदिँदो रैछ, तर यहाँको विकास गर्न धेरै बाँकी रैछ, सडक मात्रै पनि राम्रो भयो भने यहाँ आउन सहज हुने थियो ।”   जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले गाजाको दहको प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माण योजना बनाएर लागेको बताए  । उनले यो ठाउँ ऐतिहासिक भएको भन्दै यहाँका संरचना तथा दहको संरक्षणका लागि विगतदेखि नै काम गर्दै आएको बताए । यहाँको दहमा बाह्रै महिना पानी हुने र यहाँ देखिने छायाँले धेरैलाई आकर्षित गर्ने गरेको उपप्रमुख शर्माको भनाइ छ ।   उपप्रमुख शर्माले भने, “यो ठाउँ धार्मिक हिसाबले पनि निकै महत्वपूर्ण मानिन्छ, हरेक वर्ष टाढा–टाढाबाट यहाँ भक्तजन पूजाआजा गर्न आउँछन्, यस्तो महत्वपूर्ण क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि नगरपालिकाले निरन्तर बजेट विनियोजन गरेर काम गर्दै आएको छ, अहिलेसम्म केही आधार तयार भएको छ, यसको थप विकासका लागि गुरुयोजना बनाएर पूर्वाधार निर्माण गर्ने चरणमा छौँ ।”   अहिलेसम्म यहाँ खानेपानी, मन्दिर व्यवस्थापन, शौचालय तथा सडक निर्माणको काम गरिसकेको र अन्य संरचना निर्माणका लागि प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्ने उपप्रमुख शर्माले बताए । यस वर्ष थप संरचना निर्माणका लागि नगरपालिकाले रु पाँच लाख विनियोजन गरेको शर्माले जानकारी दिए । यस क्षेत्रलाई पर्यटकीय हब बनाउनका लागि निजी कम्पनीसँग सहकार्य गर्ने उनको भनाइ छ । 

कपिलवस्तु:  कपिलवस्तुमा गाई मारेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको विजयनगर गाउँँपालिका –४ त्रिपालनगर भूपू बस्तीमा गोरु मार्ने क्रममा इलाका प्रहरी कार्यालय गणेशपुरको टोलीले पक्राउ परेको हो ।     प्रहरीले स्थानीय रमेश नेपाली, आशबहादुर रोका, देवबहादुर घर्ती मगरलाई पक्राउ गरेको प्रहरी निरीक्षक विजयराज तिमिल्सिनाले बताउनुभयो । उनीहरुबाट गाई मार्न प्रयोग गरिएको १ थान बन्चरो, १ थान हँसिया, ३ थान खुकुरी र २ थान चक्कुसमेत बरामद गरेको छ ।     गाई मार्नेबेला कराएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनीहरुले गाई मारेर मासु खाने योजनामा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेको तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तौलिहवा पठाइएको प्रहरीले जनाएको छ । 

काठमाडौँ:   रेपिड जेनस् बिजनेस पाटनर्स मिटअप–२०२३ थाइल्याण्डको पुकेटमा सम्पन्न भएको छ ।  जिनस इनोभेसन लिमिटेड भारतको आधिकारिक बिक्रेता रहेको रेपिड ग्रुप प्रालि काठमाडौंले जिनस ब्राण्डका युपिएस ब्याट्री, सोलार सम्बन्धी सामग्री नेपालभर बिक्री बितरण गर्दै आइरहेको छ ।  नेपालभरिका ४१ डिलरलाई थाइल्याण्डको पुकेटमा जमघट गराएर जिनस बिजनेस पार्टनर मिट गरेको हो । जिनस इनोभेसन लि. इण्डियाको तर्फबाट प्रतिनिधि हेड इन्टरनेसनल बिजनेस अनुप श्री वास्तव तथा इन्टरनेशनल हेड म्यानेजर प्रमोद दुवेले कम्पनीको तर्फबाट जानकारी गराएका थिए ।  जिनस इनोभेसनका सीईओ पंकज रासतोगीले भर्चुअल मार्फत् स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै आर एण्ड डि हेड तरुण गुप्ताले जिनस ब्राण्डका उत्पादन, नयाँ ब्राण्डिङ, नयाँ प्रविधिबारे जानकारी गराए ।  योजना तथा उत्पादन प्रमुख पारमाभिर सिंहले भर्चुअल माध्यमबाट ४१ डिलरलाई फ्याक्चेमा उत्पादन हुने ब्याट्री,युपिएस तथा सोलार प्यानल ब्याट्री भिजिट लाइभ मार्फत जानकारी गराए ।  नेपालका तर्फबाट रेपिड गु्रप प्रालिले जिनस इनोभेसन लि.का प्रतिनिधि अनुप श्री वास्तवा र प्रमोद दुवेलाई रेपिड गु्रपका डाइरेक्टरद्धय राजु दाहाल, गणेश पौडेल र अध्यक्ष बुद्धिराज तिमिल्सिनाले सम्मान गरेका थिए । साथै, ४१ जना नेपालका डिलरलाई थप सहकार्य र प्रगतिको शुभकामना सहित मायाको चिनो प्रदान गरिएको थियो ।  साथै, बिक्री पछिको सेवालाई मध्यनजर गरेर हाल काठमाडौं र इटहरीमा सर्भिस सेन्टर रहेको र अबका दिनमा बुटवल, नेपालगञ्जमा समेत सर्भिस सेन्टर राखेर सेवामुलक बिक्री वितरण गर्ने प्रतिवद्धता समेत व्यक्त गरिएको थियो । 

काठमाडौं:  भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार बेलुकी निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य बढेर आएको छ । पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले थप महँगो भएको निगम स्रोतले बतायो । यस्तै मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेको छ भने हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेर आएको छ । भारतबाट बढेर नयाँ मूल्य पाए पनि निगमले आफ्नो उपभोक्ताका लागि नयाँ मूल्य भने निर्धारण गरेको छैन । नयाँ मूल्यपछि निगम १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ नोक्सानीमा जाने देखिएको स्रोतको दाबी छ । यसअघि नै निगमलाई भारतीय आयल कर्पोरेसनलाई तिर्नु पर्ने ९ अर्ब र सरकारी ऋण ७ अर्ब गरी १६ अर्ब भन्दा धेरै बक्यौता बाँकी रहेको पनि निगमले जनाएको छ । भारतबाट नयाँ मूल्य आए पनि उपभोक्ता मूल्य तोक्नेबारे भने निगम बोर्ड बैठक वा निगमले निर्णय गर्नु पर्नेछ ।

काठमाडौं:  भारतले नेपाललाई दिने अनुदान सहायता कटौती गरेको छ । वित्त वर्ष २०२३/२४ का लागि वित्त मन्त्री निर्मला सीतारमणले युनियन बजेट बुधबार प्रस्तुत गरकी छिन् । जसमा भारतको विदेश मन्त्रालयमार्फत नेपालसहित छिमेकी मुलुकहरुलाई दिने अनुदान सहायता बजेट विनियोजन गर्ने गरिन्छ ।   तथ्यांक अनुसार यस वर्षका लागि भारतले नेपाललाई ५ अर्ब ५० करोड भारु दिने भएको छ । यो गत वर्षको विनियोजित बजेट भन्दा कम हो । गत आवमा भारतले नेपालका लागि ७ अर्ब ५० करोड भारतीय रुपैयाँ विनियोजन भएको थियो । वित्त वर्ष २०२१/२२ मा ४ अर्ब ४६ करोड भारु विनियोजन भएको थियो ।   वैदेशिक अनुदानमा भारतले सबैभन्दा धेरै खर्च भुटानका लागि खर्च गर्ने भएको छ । यस वर्ष भुटानले २४ अर्ब भारु सहायता भारतबाट पाउने भएको छ । अफगानिस्तानले २ अर्ब पाउने भएको छ । बंगलादेशले २ अर्ब। श्रीलंकालाई १ अर्ब, माल्दिभ्सलाई ४ अर्ब, म्यानमारलाई ४ अर्ब र मंगोलियालाई ७ करोड भारु सहायता दिने भएको छ । अफ्रिकी मुलुकहरुलाई २ अर्ब ५० अर्ब रुपैयाँ सहायता पाउने भएका छन् ।

स्याङ्जा:  देशकै पहिलो होमस्टे आँधीखोला गाउँपालिका–१, सिरुबारीमा एकै रात १३ ठाउँमा चोरी भएको छ। वडा कार्यालयसहित एक बौद्ध गुम्बा, एक सहकारी र आठवटा निजी घरमा चोरी भएको हो।    राजास्वारादेखि सिरुबारीसम्मको दुई किमि दूरीभित्र चोरी भएको प्रहरी निरीक्षक पदमराज थापाले बताउनुभयो। चोरी गर्नेले मुख्य गरेर सुन र नगदमा ध्यान दिएको देखिएको छ। बौद्ध गुम्बाको दान पेटिका लग्दा भित्र रहेका वर्षौंदेखिका पुराना बुद्धका मूर्तिमा भने केही नगरेको थापाले बताउनुभयो।    चोरी गर्नेले तीन लाख ३६ हजार रुपियाँ नगदसहित, साढे १० तोल सुन चोरी गरेका छन्। सबैभन्दा धेरै सम्पत्ति पूर्णबहादुर गुरुङको घरबाट चोरी भएको छ।    गुरुङ परिवार पोखरा  गएको मौका छोपी मङ्गलसूत्र, चन्द्रमा, नौगेडी, चुरा, बेरुवा औँठी गरी साढे १० तोला सुन र नगद दुई लाख पाँच हजार लगेको थापाले बताउनुभयो। यस्तै वडा कार्यालयबाट ३० हजार रुपियाँ,  पूर्णबहादुर बगालेकोबाट सीसीटीभी, मोनिटर र सीपीयू लगेका छन्।    चोरले गङ्गाधर ढकालको किराना पसलबाट सात हजार, मेखबहादुर दर्जीको पसलबाट २० हजार नगद, लक्ष्मी शर्माको फेन्सी पसलबाट सात हजार नगद, कृष्णप्रसाद पौडेलको पसलबाट सात हजार, मित्रलाल अधिकारी र दिगो बहुउद्देश्यीय सहकारीबाट एक/एक हजार नगद, ख्यामबहादुर दर्जीको घरबाट दुई केजी सुकुटी चोरी गरेका छन्।     मान्छे नभएका घर र पसलबाट चोरी भएकाको कारण चोरी गर्ने नजिकैका वा चिने जानेकै मान्छे हुन सक्ने सक्ने वडा अध्यक्ष पवनकाजी अधिकारीले अनुमान गर्नुभयो।  उहाँले आफ्नो वडा कार्यालयबाट देखिएको राजस्वको खाममा रहेको ८८ हजार नलगेको र अफिसका ल्यापटप, कम्प्युटर केही नगरेको बताउनुभयो।