पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

काठमाडौँ:    अमेरिकी फोटोग्राफर भनिएकी कित्तिया पाव्लोभ्स्कीले नेपालको खुम्बु क्षेत्रमा पुगेर खिचेको दाबी गरिएका भाइरल तस्बिरहरू अमेरिकी दूतावासले आफ्नो सामाजिक सञ्जालबाट हटाउने भएको छ । अमेरिकी फोटोग्राफरले खिचेको तस्बिर भन्दै केही समयअघि दूतावासले उक्त फोटोहरू आफ्नो फेसबुक र इन्स्टाग्राम पेजबाट सेयर गरेको थियो जुन त्यतिबेला निकै चर्चित पनि भएको थियो । अहिले आएर फ्रान्सेली अल्पाइन म्यागाजिनका विज्ञहरूले सो तस्बिर सम्पादित र विभिन्न तस्बिरहरूको मोन्टाज भएको भन्ने प्रमाण प्रस्तुत गरेपछि कित्तिया सामाजिक सञ्जालहरूबाट गायब भएकी छिन् । तर उनको वेबसाइटमा अझै पनि उनको यात्रा विवरण र तस्बिरहरू यथावत छन्, जहाँ उनले आफूले अमेरिकी दूतावाससँग काम गरेको दाबी पनि गरेकी छन् । हामी केही समयअघि हामीले सेयर गरेका तस्बिरहरू हटाउँदैछौं,ु पोस्टमा भनिएको छ,‘उनले दाबी गरेजस्तो हाम्रो उनीसँग कुनै साझेदारी छैन ।’ तथ्यजाँच लेखको बारेमा आफूले थाहा पाएको र फोटोग्राफरले आफ्नो सामाजिक सञ्जालहरू बन्द गरेपनि वेबसाइट अझै सञ्चालनमा रहेको पनि दूतावासले आफ्नो पोस्टमार्फत जानकारी गराएको छ । सामाजिक सञ्जालमा सेयर भएका पोस्टहरू नहटाउने र हटाउनुपर्ने भएमा जानकारी दिएर हटाउने अन्तर्राष्ट्रिय प्रचलन रहेको छ। यो सबै विवादका बीचमा फोटोग्राफर भनिएकी कित्तियाको तर्फबाट यो समाचार लेख्दासम्म केही औपचारिक प्रतिक्रिया आएको छैन । ती तस्बिरहरू वास्तविक नभएको बाहिर आएपछि सामाजिक सञ्जालमा अमेरिकी दूतावासलाई मेन्सन गरेर प्रश्न सोध्ने र हाँसिमजाक गर्ने क्रम भने जारी रहेको छ ।

एक सातादेखि स्याङ्जाको क्षेत्र नम्बर २ अन्तरगत चापाकोटमा मतगणना हुन सकेको छैन । चापाकोट नगरपालिकाका वडा नम्बर ३, ४ र ५ मा रोकिएको मतगणना १२ गतेपछि मात्रै थाहा हुनेछ ।    मतदान केन्द्रमा बलपूर्वक केही व्यक्तिले फर्जी मतदान गरेको र करिब ९८ प्रतिशत मत खसेको भन्दै नेकपा एमालेले पुनः मतदानको माग गरेपछि त्यहाँ मतगणना हुन सकेको छैन ।    एमालेले पुनः मतदानको माग गरेपनि नेपाली कांग्रेसले मतगणना गर्नुपर्ने एकोहोरो अडान राखेको छ । यसैबीच, चापाकोट मतदानस्थलमा खटिएका मतदान प्रतिनिधिले गत बिहीबार बुथ कब्जा भएको भन्दै पत्रकारले सम्मेलन नै गरे ।    यस केन्द्रको मतगणना गर्न निर्वाचन आयोग स्याङ्जाले हरसम्भव प्रयास गरेपनि असफल भएपछि आयोगको केन्द्रीय कार्यालयको टोलीले त्यहाँ पुगेर अनुसन्धान गरेको छ ।    अनुसन्धानपछि टोली राजधानी फर्किएको र १२ गते यस विषयमा निर्णय हुने जानकारी प्राप्त भएको छ । अब यस केन्द्रमा मतदान हुने वा मतगणना हुने भन्ने विषय आयोगको प्रतिवेदनमा निर्भर हुनेछ ।    चापाकोट नगरपालिका ३ को दिसिङकोट आधारभूत विद्यालय, वडा नम्बर ४ को राम मन्दिर मावि दासिङ नरसेवा, वडा नम्बर ५ को जन सक्रिय आधारभूत विद्यालयमा र चिट्ठी पोखरी र दीन दयालु आधारभूत विद्यालय साठीमुरे ​मतदान केन्द्रमा समस्या देखिएकाे हाे ।    गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेर मृत्यु भएका र विदेश गएका मान्छेको नाममा बुध कब्जा गरी मतदान गरेको एमालेको आरोप छ ।    यहाँ एमालेबाट पद्या अर्यालय, कांग्रेसबाट धनराज गुरुङ् मुख्य प्रतिष्पर्धामा छन् । त्यस्तै, राप्रपाबाट लालगोपाल अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङलगायतका प्रतिष्पर्धी रहेका छन् ।    स्याङ्जा १ बाट भने नेपाली कांग्रेसका उम्मेदवार राजु थापाले जीत हासिल गरिसकेका छन् । 

काठमाडौं:   गत शुक्रबारदेखि  चलिरहेको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’ को आज तेस्रो दिन नेपालसहित अमेरिका र रुसको नाटकसहित तीन प्रस्तुति मञ्चन हुँदैछन् ।   भुटान र अमेरिकाको संयुक्त प्रस्तुति क्याटी बेकद्वारा निर्देशित ‘थ्री कन्ट्रीः वन मदर’ र लोक शैलीको नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन हुँदैछन् । अङ्ग्रेजी भाषामा रहेको ‘थ्री कन्ट्रीः वन मदर’ नाटकलाई नीमा बल, क्याटी बेक र बेञ्जामिन रेक्सरोडले संयुक्तरुपमा लेख्नुभएको हो । यो प्रयोगात्मक र एकल नाटक हो ।  यो नाटकले सन् १९९० देखि २००० को बिचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात् शरणार्थीको रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी नागरिकको इतिहास र संस्कृतिबारे बताउन खोजेको छ । नाटक, तामाङ समुदायकी नीमा बलको परिवारको सत्यघटनामा आधारित छ, जुन समुदाय भुटानी–नेपाली आदिवासी जनजाति समुदाय पनि हो । कोन्द्रातोएभा क्रिस्टिनाद्वारा लिखित नाटक ‘द म्याजिक स्वान–गिज’लाई सुखोरुकोभा तातियानाले निर्देशन गर्नुभएको हो । नाटकमा सामाजिक दृष्टिकोणबाट एउटी युवतीको कथा उल्लेख छ । आफ्ना मातापिताको अनुपस्थितिमा घरकी सबैभन्दा जेठी सदस्यको रुपमा रहेकी छोरीले आफ्नो स्वतन्त्रताको यात्रामा सानो भाइलाईसमेत बिर्सिएको प्रसङ्ग नाटकमा छ ।   यस्तै, नेपालको तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि मञ्चन हुँदैछ । यसमा अन्शु खनाल, प्रभात तिमिल्सिना र सुरज पराजुलीको प्रस्तुति रहनेछ । नाटकसँगै महोत्सवस्थलमा ‘कार्डबोर्ड र थिएटर’ विषयमा कार्यशाला पनि भइरहेको छ ।  शनिबार भारतको कथावाचन शैलीको ‘देस्देमोना रुपकम’ र स्पेन÷इटालीको संयुक्त प्रस्तुति ‘मिस्टर एण्ड मिसेज क्राफ्ट’ मञ्चन भएको थियो । यही मङ्सिर १७ गतेसम्म चल्ने ‘निटफेस्ट २०२२’ मा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन् । 

बाजुरा:  मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसाएको निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो ।  निर्वाचनका बेला एमालेले आफ्नो पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गर्दै मतदानमा सहभागी नभएका र विदेश गएका तथा मृत्यु भएकाको समेत मत हालेको आरोपसहित कांग्रेसले पाँच मतदानस्थलका १७ मतदान केन्द्रमा पुनः निर्वाचन गर्न माग गर्दै उजुरी दिएको छ । यस्तै नेपाली कांग्रेसको पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गरी विदेश भएका, जागिरको सिलसिलामा जिल्ला बाहिर रहेका र मृत्यु भएकाको समेत मत हालेको आरोपमा एमालेले पनि १७ मतदान केन्द्रमा पुनः निर्वाचनको माग गर्दै आयोगमा उजुरी दिएको छ । कांग्रेस र एमालेले पुनः निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा उजुरी दिएपछि आयोगले बनाएको छानविन समिति टोली बाजुरामा पुगेको छ ।  आयोगको टोली बाजुरामा  मङ्सिर ४ गते भएको निर्वाचनमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन नभएको मागसहित बाजुराका दुई दलले निर्वाचन आयोगमा उजुरी दिएपछि आयोगमा सहसचिव तुल्सी श्रेष्ठको नेतृत्वको टोली शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमा जिल्ला आइपुगेको हो । आयोगका सहसचिवको टोलीले जिल्लाका सुरक्षाकर्मी, मतदान अधिकृत र राजनीतिक दलसँग छलफल तथा सुझाव सङ्कलन गरेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।   निर्वाचनमा दलका कार्यकर्ताबीच भएको विवादका कारण आयोगमा दलहरूले बुथ कब्जा गरेको आरोपसहित उजुरी दिएपछि छानविनका लागि टोली जिल्लामा आएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थीले बताउनुभएको छ । टोलीले जिल्लामा विभिन्न निकायसँग सुझाव सङ्कलन गरेर आज काठमाडौँ फर्किने निर्वाचन अधिकारी अवस्थीले बताउनुभयो ।   निर्णयको पर्खाइमा मुख्य निर्वाचन अधिकृत प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणनाका लागि आयोगको निर्णयको पर्खाइमा रहेको छ । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार आयोजमा दुई दलले निष्पक्ष निर्वाचन नभएको उजुरी दिएपछि आयोगको निर्णयपछि मतगणना हुने वा पुनः निर्वाचन हुने भन्नेमा यकिन नभएको बताउनुभयो । उहाँले आयोगबाट छानविन समितिको टोली आएको र उक्त टोलीको प्रतिवेदनका अनुसार आयोगले जे निर्णय गर्छ सोहीअनुसार अघि बढ्ने पौडेलले बताउनुभएको छ । 

पोखराः गत नोभेम्बर ७ मा नेपालस्थित अमेरिकी एम्बेसीले बिहान सवा ७ बजे अमेरिकी फोटोग्राफर कित्तिया पाव्लोभ्स्कीले सगरमाथा र पुमोरी हिमाल आसपास खिचेको फोटो सार्वजनिक गरेको थियो ।    एम्बेसीले ४ वटा फोटो सार्वजनिक गरेपछि नेपाली सञ्चारमाध्यमहरुले त्यसैलाई आधार मान्दै कित्तियाको साइटमा भएको जानकारी सहित समाचार प्रस्तुत गरे ।    तर त्यसको १८ दिनपछि उक्त तस्बिरहरु फोटोसपलगायतका प्रविधिमार्फत बनाइएको फ्रान्सको अल्पाइनम्याग डटकमले उल्लेख गरेको छ । अल्पाइनले फोटोहरु ‘फेक’ भएको जनाएपछि कित्तिया सामाजिक सञ्जालबाट गायब छिन् ।    यसरी फोटो वास्तविक नभएको रहस्य बाहिरिएपनि एम्बेसीले हालसम्म आफ्नो पेजबाट हटाएको छैन । न त फाेटाे गलत भएकाेमा खेद नै व्यक्त गरिएकाे छ ।   अल्पाइनले भने ३ वटा फोटोहरु गलत भएको विभिन्न आधार प्रस्तुत गर्दै समाचार सार्वजनिक गरेको छ ।    अल्पाइन लेख्छ, ‘तस्बिरमा कम्पोजिसन, प्रकाश र स्थानमा तालमेल मिल्दैन ।’

पोखराः प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस कास्की १ का उम्मेदवार किशोरदत्त बराल दिनभरको चुनावी प्रचारको धपेडीमा हुन्थे । व्यस्तताकाकारण दिनभर उनले मोबाइलमा आएका फोन रिसिभसमेत गर्न भ्याएका हुन्थेनन् ।    कांग्रेस कास्कीको अध्यक्षलगत्तै संघीय सदस्य उम्मेदवारको टिकट पाएका उत्साही बराललाई मतदानको एक साताअघि साँझपख एक पत्रकारको फोन आयो । सामान्य कुराकानीपछि बरालले पत्रकारलाई सोधे, ‘कस्तो छ मेरो माहोल ?’   प्रश्न टुंगिन नपाउँदै पत्रकारले सुनाए ‘तपाइ हार्दै हुनुहुन्छ ।’ जवाफ पाएपछि केही मलिन स्वरमा बरालले पुनः प्रश्न गरे ‘हार्ने त्यस्तो के कारण छ र ?’   दोस्रो प्रश्नको उत्तरमा प्रत्रकारले भने ‘तपाइको निर्वाचन परिचालन र टिम हाँक्ने लगाम गलत मान्छेको हातमा छ ।’ बराललाई स्वीकार गर्न गाह्रो भयो ।    सतहमा सबै ठिकठाक देखेका र दिनभर प्रचारकाक्रममा जनताको घरदैंलो पुग्दा पाएको आश्वासनबाट आत्मविश्वासी बराललाई पत्रकारको रिपोर्टले झस्कायो ।    यद्यपि, कांग्रेस र अन्य दलसँगको गठजोडले बराल ढुक्क थिए । उनी अहोरात्र चुनावी क्षेत्रमा खटिरहे ।    तर जसै मतगणना सुरु भयो । बराललाई पत्रकारले सुनाएको रिपोर्ट सही लाग्दै गयो । र, अन्ततः बराल हारे ।    बराललाई नेकपा एमालेका मनबहादुर गुरुङले २५ हजार ७९८ मतकासाथ हराए । गठबन्धनका साझा उम्मेदवार बरालले २३ हजार १८९ मत पाए।      दुइबीच २ हजार ६०९ मतको अन्तर रहेको छ ।      यसैबीच, बिहीबार साँझ उनै बराल र प्रदेशसभा सदस्य उम्मेदवार दिपक गुरुङका समर्थकहरुले कांग्रेसका पूर्वसभापति कृष्ण केसीको घरमा नाराबाजी र तोडफोड गरेर रोष प्रकट गरेका छन् ।    बराललाई ‘गलत मान्छेले चुनाव हाँकेको’ भनेर रिपोर्ट सुनाएका उक्त गलत पात्र कतै केसीका ‘खास’ त होइनन् ?   

काठमाडौँ:   पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफासमेत प्राप्त गर्न थालेको छ ।  नेपालमा राम्रो भनिएका चलचित्रलाई विदेशमा रहेका दर्शकले हेर्न दर्शक लालायित हुने भएकाले पनि केही चलचित्रले विदेशबाट राम्रै मुनाफा स्वदेश भित्र्याउने गरेका छन् । निर्देशक प्रदीप भट्टराईले विदेशी बजारले गर्दा नेपाली चलचित्र निर्मातालाई चलचित्र बनाउन आँट आउने बताउनुभयो । “स्वदेशी बजारबाट  लगानी गर्न प्रेरित नहुँदा विदेशमा भने प्रदर्शन गर्न  अधिकार दिएबापत प्राप्त हुने रकमले हामीलाई सजिलो बनाएकोछ”, उहाँले भन्नुभयो, “मैले निर्देशन गरेका चलचित्रले नेपाली बजारमा झैँ बाहिर पनि व्यापार गरेका छन् । यसले गर्दा हामीलाई लगानीमा सङ्कोच मान्नुपर्ने अवस्था छैन ।” शत्रु गते, जात्रै जात्रापश्चात् अहिले ‘महापुरूष’ विदेशमा प्रदर्शन भइरहेका छन् । महापुरुष चलचित्रले अमेरिकामा तीन सयभन्दा बढी शो गरिसकेको छ भने अष्ट्रेलिया र  युरोपका विभिन्न सहर, जापान, मध्यपूर्वी खाडीमुलुकमा समेत राम्रो व्यापार गरिरहेको छ । उल्लेखित देशमा अन्य विदेशी चलचित्र हेरिए झैँ हलमै पुगेर ‘महापुरूष’ पनि हेर्न सकिन्छ ।  संयुक्तराज्य अमेरिकामा नेपाली चलचित्र प्रदर्शन गर्ने कम्पनीमध्येको एक नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीका प्रतीक सुवेदीले केही निर्माताका चलचित्रले राम्रै दर्शक पाइरहेको बताउनुभयो । “समय मिलाएर आउनुपर्ने भएकाले नेपालमा पाउने समीक्षाले यहाँ विशेष प्रभाव पार्छ । हामीले विदेशी चलचित्रझैँ नेपाली चलचित्र पनि हलमा प्रदर्शन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यहाँ स–परिवार हेर्न मिल्ने नेपाली स्वादको चलचित्र प्राथमिकतामा पर्ने गरेका छन् । अहिले प्रदर्शन भइरहेको महापुरूषले नयाँ रेकर्ड बनाउँदैछ ।” वितरक सुवेदीले नै कबड्डी ४, प्रेम गीत ३ जस्ता चलचित्रसमेत अमेरिकामा प्रदर्शन अधिकार लिएर वितरण गर्नुभएको थियो ।  नेपाली चलचित्रका लागि अष्ट्रेलिया, जापान, दक्षिण कोरिया पनि राम्रो मानिन्छ । अष्टेलियामा नेपाली चलचित्र प्रदर्शन गरिरहनु भएका रोशन भट्टराईले बजार बढेको बताउनुभयो । “कोरोना भाइरसको महामारीपश्चात् नेपाली चलचित्रको बजार अष्ट्रेलियामा बढेको पाएको छु तर यो विश्वास जितिसकेका चलचित्र र निर्माताको हकमा मात्र लागू हुन्छ । विशेषत यहाँ जात्रा सिरिज, छक्का पञ्जा सिरिज र कबड्डी सिरिजको माग धेरै हुन्छ”, वितरक भट्टराईले बताउनुभयो । एक समय विदेशमा प्रदर्शन अधिकार बिक्री गरेवापत पाइने रकमकै सेरोफेरोमा चलचित्र नबनेका होइनन् तर पछिल्लो समय यसमा नियन्त्रण हुन थालेको छ । अहिले बढिरहेको बजारलाई दीर्घकालीनरूपमा व्यवस्थित बनाउनुपर्ने निर्देशक दीपेन्द्र लामाले बताउनुभयो । “विदेशमा रहेका चलचित्र प्रेमीका कारण बजार बढिरहेको छ । यसमा सम्बन्धित निकायले पहल गर्नसके यसको प्रत्यक्ष लाभ चलचित्रकर्मीलाई नै हुनेछ”, उहाँले भन्नुभयो । 

काठमाडौँ:   मङ्सिर ४ गते सम्पन्न भएको आमनिर्वाचनमा विवाद भएका क्षेत्रमा अनुसन्धान भइरहेको निर्वाचन आयोगले जनाएको छ । बाजुरा, दोलखा र स्याङ्जा क्षेत्र नं २ मा भएको विवादको छानबिन भइरहेको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । बाजुराको बुढीनन्दा ५ मा  मतदानको दिन झडप भएर मतदान  स्थगित भएको थियो भने दोलखा र स्याङ्जा २ मा मतदानमा बुथ कब्जा भएको आरोपसहित निर्वाचन आयोगमा निवेदन परेर मतगणना रोकिएको छ ।  आयोगमा सूचना अधिकारी अर्यालका अनुसार बाजुरामा स्थगन भएको मतदान –भोलि शनिवारलाई तोकिएको छ । मतगणना गणना रोकिएका दुई वटा क्षेत्रको भने अहिले अनुसन्धान भइरहेको अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मतदान स्थगन भएको बाजुरामा भोलि शनिवार मतदानका लागि प्रक्रिया अघि बढेको छ  भने मतगणना हुन बाँकी दुई निर्वाचन क्षेत्रको अनुसन्धान भइरहेको छ । अनुसन्धानपश्चात् यसको कारबाही थालिनेछ ।’  दोलखा र स्याङ्जा क्षेत्र नं २ मा गठबन्धन पक्षले बुथ कब्जा गरी मत खसालेको भन्दै प्रतिस्पर्धी उम्मेदवारले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

काठमाडौं:   चितवन क्षेत्र नंं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् । हालै सम्पन्न गतगणना अनुसार ढकाल विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । केहिवेरमा मत परिणाम सार्वजनिक गर्ने तयारी छ । ढकालले नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेल र एमाले नेता सुरेन्द्र पाण्डेलाई हराएका हुन् । चितवन क्षेत्र नं. २ बाट पनि हालै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् ।