पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर ...

हुम्ला:  नेपालगञ्जबाट हुम्लाको सिमकोट उडेको कार्गो जहाजमा चिल ठोक्किएको छ ।   तारा एयरका एक कर्मचारीका अनुसार अदानचुली गाउँपालिकाको मुने लेकनजिकैको करिब १ बजेतिर आकाशमा चिल ठोक्किएको हो ।    चिल ठोक्किदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको बताइएको छ भने जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना रहेका थिए ।

काठमाडौं:  नेपाल बार  एशोसिएशनले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार पदाधिकारीहरुले धर्ना सुरु गरेका हुन् । बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत पनि धर्नामा छन् । संघीय संसदका महासचिव डा. भरतराज गौतमले बुधबार मात्र जबरालाई निलम्बन फुकुवाको पत्र दिएका थिए । लगतै जबराले सर्वोच्च फर्किने तयारी गरेका छन् ।

पाेखराः आसन्न निर्वाचनमा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले क्षेत्र नम्बर १ बाट हारेपछि कांग्रेसभित्र पनि अन्तर्घात भएको ठहर गरिएको छ ।    गठबन्धनको समर्थनमा चुनावमा उत्रिएपनि सभापति बरालविरुद्ध निवर्तमान सभापति कृष्ण केसीले चलखेल गरेको संकेत कास्की कांग्रेसले गरेको छ । यस विषयमा बरालले नामै तोकेर केसीले आफु विरुद्ध चलखेल गरेको आरोप लगाएका छन् ।   ‘म विरुद्ध निवर्तमान सभापति केसी खुलेरै लागेको सूचना पाइयो’ बरालले भने ‘अन्तर्घात भएको छ, र यसको मतियार केसी भएको अडियो नै सार्वजनिक भइसकेको छ ।’   केसीले बराललाई हराउन फोनमार्फत निर्देशन दिएको अडियो कांग्रेस मादी गाउँपालिका सभापति यमबहादुर गुरुङले सार्वजनिक गरेका हुन् । उक्त अडियोमा ‘यसलाई त हुँदैन, प्रदेशकोलाई जिताउने हो, बाँकी कुरा हुँदैन’ भनिएको छ । बरालका अनुसार उक्त निर्देशन आफुलाई हराउन दिइएको हो ।’   जिल्लाकै अर्का जिम्मेवार पदाधिकारीले पनि कारवाही गर्नुपर्ने व्यक्ति केसी नै भएको जनाएका छन् । ‘आफै बुझ्नुहोस् न, चुनावी परिणामपछि आम जनता र कार्यकर्ताहरु कसको घरमा नाराबाजी गर्न पुगेका थिए ।      पहिल्यैदेखि केसीको भूमिका शंकास्पद भएको र अडियो प्राप्त भएपछि शंका सत्यमा परिणत भएको उनले बताए । उनका अनुसार दैनिकरुपमा पार्टीले अन्तर्घात गरेको विषयमा सूचना प्राप्त गरिरहेको छ ।    कास्कीमा बरालबाहेक अन्य उम्मेदवारको हकमा भने कुनैपनि चलखेल नभएको कास्की कांग्रेसको ठम्याई छ ।    तर निवर्तमान सभापति केसी भने आफुबाट कसै विरुद्ध अन्तर्घात नभएको दाबी गर्छन् । ‘मैले बोलेको अडियो बाहिरिएको छ । र त्यो मेरै आवाज हो’ केसीले भने ‘कुन तात्पर्यमा को सँग बोलेको भन्ने त्यहाँ छैन, लामो सम्वादको केही भागलाई सार्वजनिक गरेर दुष्प्रचार गरिएको छ ।’   निर्वाचन परिणाम आफु अनुकुल नआएपछि विभिन्न बहाना बनाउनु लाजमर्दाे भएको केसीको भनाई छ । त्यसो त पार्टीले टिकट दिँदा विवेक नपु¥याएछि उम्मेदवारले भोट पाउन नसकेको तथ्य लुकाउन नाटक मञ्चन भएको केसीको प्रतिक्रिया छ ।   पार्टीले आफु विरुद्ध सूचना संकलन गरेको जानकारी पाएपनि केसीले निर्धक्क भने, ‘आरोप लगाइएला, मलाइ बोलाइएला, त्यहाँ समीक्षा होलान्, म मेरा कुरा राख्छु ।’    यद्यपि, हालसम्म आफुमाथि भएको षडयन्त्रउपर कुनै टिप्पणी गर्न आवश्यक नभएको बताउँदै केसीले भने ‘नेपाली कांग्रेस मेरो पनि पार्टी हो, हरेक आरोपको प्रतिरोध र प्रतिवाद गर्न म तयार छु ।   यसअघि स्थानीय निर्वाचनमा नेकपा एमालेभित्र पनि घात–अन्तर्घातबारे अडियो सार्वजनिक भएको थियो । 

 ​काठमाडौं:  मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ। गत मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट सुरूङमा पानी छाडिएको थियो। अम्बाथानदेखि सुन्दरीजलसम्म २६ किमी सुरूङ छ। अम्बाथानबाट पानी पठाएको ८ दिनमा सुन्दरीजल आइपुगेको छ। सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा मेलम्चीको पानी आइपुगेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए। उनकाअनुसार अब केहि दिनमा मेलम्चीको पानी काठमाडौंका घर घरमा पठाइनेछ। ‘पानी सफा हुन केही समय लाग्न सक्छ। काठमाडौंका घरघरमा मेलम्चीको पानी पठाउन वितरण गर्ने सबै निकायहरूलाई जानकारी पनि गराइसकिएको छ,’ उनले भने। मेलम्ची खानेपानी विकास समितिका कर्मचारीले गत साउनदेखि पारिश्रमिक भने पाएका छैनन्। उनीहरूले पानी वितरण रोक्ने सक्ने चेतावनीसमेत दिइरहेका छन्। तर सरकारले मेलम्ची खानेपानी विकास समिति पुनर्गठन गर्ने तयारी गरेको छ। नयाँ बजेट ल्याउँदा सरकारले मेलम्ची खानेपानी विकास समिति खारेज गरी मेलम्ची आयोजनालाई खानेपानी विभागअन्तर्गत राख्ने भने पनि त्यसअनुसार खासै काम अघि बढेको थिएन। काठमाडौंका १० क्षेत्रमा निर्वाचित भएका सांसदहरूले आज मेलम्ची खानेपानी विकास समिति पुनर्गठन र मेलम्चीको पानी बाह्रै महिना काठमाडौं ल्याउनुपर्ने मागसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणसमेत गर्ने भएका छन्। ् केही दिनअघि काठमाडौं १ का सांसद प्रकाशमान सिंहले अम्बाथान पुगेर आयोजनाको अहिलेको अवस्थाबारे बुझेर फर्केका थिए।

 काठमाडौं:  थापाथालीको सुकुम्बासी बस्ती हटाउन माग गर्दै मेयर बालेन्द्र साह (बालेन) लाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।  उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले नक्कली सुकुम्बासीहरुले थापाथलीमा भूमि कब्जा गरेको भन्दै पहिचान गरेर कारबाही गर्न माग गर्दै ध्यानकर्षण पत्र बुझाएको हो ।    ‘कथित सुकुम्बासीको घर टहरा हटाई, राधाजनीको सौन्दर्यता,सुशान्ति र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न एक इन्च पनि महानगर पछि नहटोस’ ध्यानाकर्षण पत्रमा भनिएको छ । समितिले सुकुम्बासी बस्तीमा दिउँसै घरेलु हतियारसहित नगर प्रहरी, महानगर प्रमुखलाई धम्कीदिनुले उपत्यकामा त्रास फैलिएको समेत बताएको छ । हेर्नुहोस् ध्यानाकर्षण पत्र: 

पोखराः अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) सम्बद्ध व्यवसायीले .गाडी आयातमा असहज भएको भन्दै आन्दोलनको तयारी थालेको छ ।    आन्दोलनको विषयमा जानकारी दिँदै नाडाका उपाध्यक्ष एवं आन्दोलन समितिका संयोजक सुनिल रिजालले आगामी भदौ २२ गतेदेखि आन्दोलन सुरु गर्ने जानकारी दिए । रिजालले भने ‘उक्त दिन नाडा सम्बद्ध व्यवसायीहरुले माइतीघरमा धर्ना दिने कार्यक्रम रहेको छ ।’   आन्दोलनको पहिलो चरणमा शान्तिपुर्ण धर्ना दिने कुनैपनि कार्यक्रम अनुशासिततवरले गरिने रिजालको भनाई छ । धर्नापछि सरकारले माग पुरा गर्नेमा विश्वस्त रहेको रिजालले जनाए ।    नाडाका अध्यक्ष ध्रुव थापाले सम्बन्धित निकायलाई अटो व्यवसायीका समस्या बाराम्बार अवगत गराई समाधानको पहल गर्दा पनि सुनुवाई नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको बताए ।    त्यस्तै, बैंकले अटो लोन प्रवाह गर्दा ५० प्रतिशतमा सिमित गरिदिँदा व्यवसायमाथि गम्भीर क्षति पुगेको थापाको भनाई छ ।    सरकारले केही समय विदेशबाट विभिन्न सामानलाई विलासिताको नाममा आयात रोकेको र हाल खुलाएपनि राष्ट्र बैंकले झनै कसिलो नीति ल्याउँदा अवस्था प्रतिकुल नै रहेको उनले उल्लेख गरे ।   यद्यपि, विदेशी मुद्रा सञ्चितिमा सुधार आएकाले व्यवसायको माग सम्बोधन गर्न गाह्रो नहुने र सबै माग पुरा हुने थापाको विश्वास छ । 

काठमाडौं:  प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि डा.तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी छन् । कार्कीले आइतबार काउन्सिल पुगेर राजीनामा पत्र बुझाएकी हुन् । काउन्सिलका रजिष्ट्रार डा। कृष्ण अधिकारीले डा।कार्कीको राजीनामा प्राप्त भएको पुष्टि गरे । अधिकारीले अन्नपूर्णसँग भने, ‘हामीकहाँ राजीनामा पत्र प्राप्त भएको छ । उहाँले दिनुभएको राजीनामा बारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउँछौं । कार्की ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएकी थिइन् ।    

शनिबार राति ब्राजिल र क्यामरुनबीचको खेल चलेपछि १ काे ३ पाउने अनुपातमा क्यामरुनको पक्षबाट बाजी थापेका करन जेड*ले जितेपछि आफुले बाजी थपेको रकमको तीन गुणा पैसा हात पारे । बाजी जितेपछि उनको सर्कलले थाहा नपाउँने कुरै भएन ।    साथीहरुलाई बिहानको कफी र ब्रेकफास्ट करन जेडले खुवाए । उनका साथीहरु ब्राजिलको स्वभाविक समर्थक भएकाले हारपछि बाजीको रकम गुमाए ।    उल्लेखित घटना अनलाइन बाजी थाप्नेहरुमध्येको एक प्रतिनिधि उदाहरणमात्र हो ।   हालै अष्ट्रेलियामा सम्पन्न टि–२० क्रिकेट विश्वकपमा पनि पोखरामा अनलाइन बेटिङ् चलेको थियो । जहाँ इ–वालेटमा रकम जम्मा गरेपछि बेटिङ् साइटमा गएर बाजी लगाउन सकिन्छ ।    सामान्यतयः कमजोर आँकिएका टिमको पक्षमा बाजी राख्नेलाई लगानीको दुई गुणादेखि बढी रकम दिने अफर राखिन्छ । न्यू मिडियाको व्यापकतासँगै पोखरामा पनि युवापुस्ता बेटिङ्मा दिनरात व्यस्त हुने गरेको पाइएको छ ।    जुवा वा बाजीको शैलीमा खेल्ने र खेलाइने अनलाइन बेटिङ् आधुनिक समाजभित्र दिनानुदिन झांगिदै गएपनि यसलाई सम्बन्धित निकायले भने नियन्त्रण गर्न असम्भवप्रायः देखिएको छ ।    अहिले अनलाइन बेटिङ्मा चलेका एप्समध्ये ‘वान एक्स बेट’ सबैभन्दा पपुलर छ । त्यस्तै, ‘बेट ३६५’, ‘पावबेट’, ‘एलभीबेट’लगायत रहेका छन् । जसमध्ये बेट ३६५ क्रिकेट बाजीमा बढी प्रयोग भएको छ भने वान एक्स बेट अनलाइन क्यासिनोमा प्रयोग भएको छ ।    यस विषयमा प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले निरन्तर खोजबीन र निगरानी गरिरहेको जनाएपनि यसबारे काम गर्ने निकाय केन्द्रीय अनुसन्धान ब्यूरोको रहेको बताउँदै साइबर ब्यूरो यथाशक्य सूचना जुटाएर सहयोग गर्ने भूमिकामा रहेको जनाएको छ ।    साइबर ब्यूरोका प्रहरी उपरीक्षक पशुपति कुमार रायका अनुसार विशेष सूचनाका आधारमा विशेष अपरेशनबाटमात्रै अनलाइन जुवाको सञ्जालमा पुग्न सकिने बताउँछन् । यस्ता गतिविधिमा संलग्नलाई आर्थिक अपराध ऐनमार्फत कारवाही गरिने रायले जनाए ।    यता, अनुसन्धान ब्यूरो भने हालै सम्पन्न क्रिकेट विश्वकपबाटै चनाखो रहेको बताउँछ । ‘भर्खरै सकिएको क्रिकेटको विश्वकपमा हामीले केही सफलता हात पा¥यौं’ अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक एवं प्रवक्ता कमल थापा भन्छन् ‘अनलाइन बेटिङ् र जुवा विश्वभर चलिरहेको छ, नेपालमा पनि बढ्दो छ । स्रोत, साधनअनुसार काम गरिरहेका छौं ।’   प्रवक्ता थापाका अनुसार नेपालमा यस्ता एपहरु गैरकानुनी छन् । ब्यूरोले क्रिकेट विश्वकपमा सट्टेबाजीका गिरोहलाई पक्राउ गरी हाल अदालतमा मुद्दा चलाइरहेको छ । तरपनि प्रहरीको नेटवर्कमा कहाँ, कसले जुवा खेल्दैछ भन्ने जानकारी पाउन कठिन हुने थापा स्वीकार्छन् ।    थापा भन्छन्, ‘पोखरामात्र हैन, राजधानी र देशभर यतिबेला जुवा र राती फुटबलमा बेटिङ् हुन्छ, तर हामीभन्दा प्रविधि अघि छ, ट्रयाकिङ् गर्नु मुख्य चुनौती हो ।’ त्यसो त ब्यूरो चुपचाप भने नबसेको उनको दाबी छ । केही समय लागेपनि ब्यूरो मातहतका टोलीले सम्बन्धित निकायसँग समन्वय गरिरहेको र छिट्टै केही ठूलो समाचार आउन सक्ने थापाले बताए ।    यता, पोखरामा भइरहेको अनलाइन बेटिङ् र जुवाबारे जिल्ला प्रहरी कार्यालयको बनिबनाउ जवाफ छ । ‘पोखरामा पनि हुन्छ भन्ने सुनेका छौं’ जिप्रका कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्का भन्छन् ‘चुनौति छ तर पनि हामी लागिरहेका छौं, यस्ता गैरकानुनी अनलाइन जुवा रोक्न हाम्रो प्रयास जारी छ ।’   हाल धेरथोर पैसा हुने युवा पुस्ता अनलाइन बेटिङ्को लतमा छन् भने धनाढ्य परिवारको केही सदस्य अनलाइन क्यासिनोमा व्यस्त छन् । पोखरामा केही समयअघि क्यासिनो बन्द भएपछि अहिले त्यहाँका नियमितमध्येका केही अनलाइन क्यासिनोमा जुवा खेल्ने गरेको स्रोतमार्फत जानकारी पाइएको छ ।    यस्ता अनलाइन जुवाडेहरुलाई विदेशी क्यासिनोले नेपालमै एजेन्ट राखेर खेलाइरहेको बताइन्छ । नेपालीलाई देशभित्रका क्यासिनोमा प्रवेश निषेध गरिएको र लुकिछिपी जान अहिले क्यासिनो नै बन्द भएकाले जुवाडेहरुलाई अनलाइन जुवा सबै कोणबाट सुरक्षित मानिएको छ ।    यससँगै रेष्टुरेन्टमा ग्राहकहरुले लगाउने बाजी पनि डरलाग्दो भएको पाइएको छ । राजधानीका नाम चलेका लाउञ्जमा फुबटल क्रेजीहरु मौखिकरुपमै बाजी राखेर रात बिताउने गरेका छन् ।    काठमाण्डौं नैकाप निवासी सुचना प्रविधि इन्जिनियरका अनुसार एकै व्यक्ति मौखिक र अनलाइन दुबै बेटिङ्मा पैसा लगाइरहेका हुन्छन् । उनी भन्छन्, ‘पोखरातिर कस्तो छ, यता (काठमाण्डौमा) भने भर्बल्ली र भर्चुअली दुबैमा जुवा चलिरहेको छ ।’   (* नाम परिवर्तन गरिएको ।)

काठमाडौं:  नेकपा एमालेका नेता एवं काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बाँस्कोटाको भक्तपुरस्थित घर अगाडि भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । प्रेसर कुकरमा शंकास्पद देखिने गरी राखिएको वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी परिसर, भक्तपुरका एसपी प्रजित केसीले बताए । कुकरमा विष्फोटक पदार्थ चाहिँ नभएको नेपाली सेनाका सहायक रथी नारायण सिलवालले बताए । सिलवालका अनुसार शंकास्पद वस्तुसँगै नेपालको राष्ट्रिय झण्डा र केही पर्चाहरु पनि भेटिएका छन् । प्रहरीका अनुसार एउटा पर्चामा कार्य मोर्चाको नाममा ‘उपत्यकाका ठूला नेताहरुलाई बाहिर भगाऔं’ उल्लेख गरिएको छ । ‘तर्साउन मात्रै खोजिए जस्तो देखिन्छ, कसले राखेको हो भन्ने विषयमा अनुसन्धान गरिरहेका छौं’, केसी भन्छन् । बाँस्कोटाको यही घर निर्माणाधीन भएका बेला २०७६ फागुनमा पनि बिस्फोट भएको थियो । त्यतिबेला नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले घटनाको जिम्मेवारी लिएको थियो ।