चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...

पोखराः   आम निर्वाचनको स्थलगत रिपोर्टिङकाक्रममा गण्डकी प्रदेशको राजधानी पोखरामा अपाङ्गमैत्री मतदान केन्द्रको अभाव देखियो । निर्वाचन आयोग, स्थानीय प्रशासन र अधिकारकर्मीले यतारित ध्यान नदिँदा अपाङ्गता भएका मतदातालाई मतदान गर्न असहज भएको पाइएको छ ।  पोखरा महानगरपालिका १७ पार्दी मावि मतदान केन्द्र अपाङ्गता मैत्री मतदान केन्द्र नभएको इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले बताए । ‘प्रदेशको राजधानी र पोखरा जस्तो ठाउँमा अपाङ्तामैत्री मतदान केन्द्र नभएको लाजमर्दो हो’, उनले भने ‘दिनभर गण्डकी प्रदेशको विभिन्न जिल्लामा पुग्यौं तर अन्य जिल्लाको तलुनामा पोखराको पार्दी मतदान केन्द्र अपाङ्गता मैत्री पाएनौं ।’                                                                                             पार्दी मावि मतदान केन्द्र (क)  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको क्रममा विभिन्न जिल्लामा पुगेका इन्सेक गण्डकी संयोजक खकुरेलले पार्दी मतदान केन्द्र (क) र (ख) बुथ सुरक्षाको हिसाबले संवेदनशील र अपाङ्तामैत्री नभएकाले अबको निर्वाचनमा यसलाई सुधार गर्न सुझाव पेश गर्ने बताए ।                                                                                     पार्दी मावि मतदान केन्द्र (ख)  पार्दी मतदान केन्द्रमा मतदान गर्न आएका ८६ वर्षीय इन्द्रकली कुवरलाई अपाङ्गतामैत्री मतदान केन्द्र नहुँदा मतदान केन्द्रसम्म पुग्न असहज भएको प्रत्यक्षदर्शी सविन रेग्मीले बताए ।  इन्सेक गण्डकीका संयोजक खकुरेलले मतदाता शिक्षा प्रभावकारी नहुँदा मतदातामा अन्यौलताको वातावरण सिर्जना भएको जानकारी दिए ।  ‘मतदाता शिक्षा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पनि पाएनौं’, उनले भने, मतदाता शिक्षा प्रभावकारी नहुँदा प्रत्यक्ष र समानुपातिकको बाकसमा राख्नुपर्ने मत फरकफरक बाकसमा राखे जसका कारण केही समय मतदान नै स्थगित भयो ।’ उनले पार्दी मतदान केन्द्र ( क र ख ) बुथ खुल्ला ठाउँमा टेन्ट र पाल टाँगेर मतदान गरिएकाले मतदाताको धेरै भएकाले अन्य स्थानमा मतदान केन्द्र स्थापना गर्न सुझाव दिए ।  स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा युवाहरुको कम सहभागिता रहेको छ ।  युवाहरु रोजगारीका लागि विदेशीयका र अध्ययनको शिललिलामा विभिन्न शहरहरुमा रहेकाले उनीको सहभागिता कम भएको इन्सेक संयोजक खकुरेलको भनाई छ । 

काठमाडौं:  प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयनका लागि मतदानको पूर्वनिर्धारित समय सकिएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । देशका अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । यद्यपि ५ बजेसम्म मतदानस्थल भित्र प्रवेश गरिसकेका मतदाताहरुले केही अबेरसम्म पनि मतदान गर्न पाउने छन् । केही मतदानस्थलमा विवादका कारण रोकिएकाले ती स्थानमा मतदान गराउने प्रयास जारी छ । दोलखा, बाजुरा, सिरहा, नवलपरासी पूर्व लगायतका स्थानमा मतदान रोकिएको छ । ती स्थानमा मतदान सुरु गराउन प्रयास भइरहेको निर्वाचन आयोगले जनाएको छ । मतपत्र फरक पर्दा केहीबेर रोकिएको दाङको तुलसीपुरस्थित पातु बनगाउँ मतदान केन्द्रमा बेलुका सात बजेसम्मै मतदानको समय तोकिएको छ । मतदान सम्पन्न भएका स्थानबाट मतपेटिका संकलनको काम जारी छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आजै बेलुकादेखि मतगणना सुरु गर्ने जानकारी दिए । दुर्गम हिमाली क्षेत्रका जिल्लाबाट भने मतपेटिका संकलन गर्न समय लाग्ने भएकाले सोमबारदेखि मात्रै मतदान गर्ने तयारी आयोगले गरेको छ । दुर्गम स्थानका जिल्लाहरुमा हेलिकोप्टरबाट मतपेटिका संकलनको व्यवस्था मिलाइएको छ ।  

स्याङ्जा: राजनीतिक दलका प्रतिनिधिबीच विवाद हुँदा स्थगित भएकोस्याङजाको चापाकोट नगरपालिका–१ आँधीचौधेरास्थित भानु माध्यामिक विद्यालयमा रहेको मतदानस्थलमा पुनः मतदान सुरु भएको छ । यहाँस्थित एमाले निकट वडा सदस्यले हातपात गरेपछि विवाद हुँदा मतदान स्थगित भएको थियो । कार्यकर्ताबीच विवाद चर्किदै जाँदा प्रहरीले सुरक्षाको लागि हवाइ फायर समेत गरेको जनाएको छ ।   सर्वदलीय बैठक बसेपछि विवाद मिलाएर मतदान सुरु गरिएको प्रहरीले जनाएको छ ।

नवलपुर:  नवलपरासी पूर्वको देवचुली नगरपालिका ४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ । स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको हो । आगजनी गरेको आरोपमा प्रहरीले स्थानीय नारायण भण्डारीलाई पक्राउ गरेको छ । उनले मतपेटिकामा बडीलोसन दलेर खसाएको बयान दिएका छन् । आग्जनी गरेपछि भण्डारी भागेका थिए । उनलाई २ किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

चितवन:  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । आइतबार विभिन्न मतदान केन्द्रमा मतदाता भेट्न पुगेका उनले चितवनमा घण्टी बजिसकेको टिप्पणी गरे । बेसिक स्कुल कालिका नगरपालिका–२ मा उनले मतदातासामु भने, ‘किला गडिसक्यौं त, कहाँ छोड्छु म अब गर्ने हो, पालो हाम्रै त हो, मैले जित्ने भनेको तपाईहरुले जित्ने हो ।’ आफूले चुनाव जितेपछि पनि चुनाव अगाडि मत माग्न आएजसरी नै घरघरमा आउने लामिछानेले बताए ।

स्याङ्जा:   स्याङ्जाको चापाकोट नगरपालिका १ को भानु माविको मतदान केन्द्रमा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ ।  झडपका कारण मतदान हुन नसक्ने स्थिति आएपछि एक राउन्ड हवाई फायर गरिएको स्याङ्जा प्रहरीका डिएसपी रवीन्द्र खनालले जानकारी दिए । अहिले त्यहाँ सर्वदलीय बैठक बसी मतदान सुचारु गर्न लागिएको छ ।

बागलुङ:   बागलुङको जैमिनी नगरपालिका ४ स्थित जनता मावि मतदानस्थलको मतदान स्थगित गरिएको छ । उक्त मतदानस्थलमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान स्थगित गरिएको हो । स्थगित भएको मतदान सञ्चालन गर्न सर्वदलीय बैठक बसिरहेको छ ।

काठमाडौं:   गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताउनुभएको छ । आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको अवलोकन गर्दै उहाँले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी पाएको बताउनुभएको हो । उहाँले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थित रुपमा मतदान भइरहेको पाएको बताउनुभयो । गृहसचिवले मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुरु गराउन पहल गरिरहेको र कतिपय स्थानमा पुनः सुचारु भइसकेको जानकारी दिनुभयो । गृहसचिव सिंहले निर्वाचन सामग्री, निर्वाचन कर्मचारी, मतदाताहरु र उम्मेदवारलाई कुनै पनि किसिमको भौतिक क्षति अहिलेसम्म नपुगेको बताउनुभयो । उहाँले मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारीसाधन तैनाथ राखिएको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘शान्तिपूर्ण र व्यवस्थित रुपमा मतदान भइरहेको हामीले पाइरहेका छौँ । मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुरु गराउन हामीले व्यवस्था गरिरहेका छौँ । निर्वाचन सामग्री, निर्वाचन कर्मचारी र मतदाताहरु र उम्मेदवारलाई कुनै पनि किसिमको भौतिक हानि पुगेको छैन । हामीले सुरक्षा व्यवस्था कडा बनाएका छौँ । ४६ प्रतिशतसम्म मतदान भएको भन्ने जानकारी आएको छ । मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारीसाधन तैनाथ राखिएको छ ।’’ सचिव सिंहसहितको प्रमुख सुरक्षा अधिकारीहरुको टोलीले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रहरुको स्थलगत अवलोकन गर्नुभएको छ । निरीक्षणका क्रममा मतदान स्थलमा मतदाताहरुले उत्साहित तवरबाट मतदान गरिरहेको पाएको बताउनुभयो ।

दार्चुला:   दार्चुलामा चुनाव बिथोल्न खोजेको आरोपमा विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव निकट विद्यार्थी संगठन दार्चुलाका अध्यक्ष जीवन विष्ट र सुरेन्द्र विष्ट रहेका छन् । लेकम गाउँपालिका १ स्थित समली मतदान केन्द्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।